Incident Reports

समाचार प्रकाशन गरेको विषयमा पत्रकारलाई धम्की l

2013-05-01

Sitaram Adhikar बाँके । वैशाख २० गते पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर उच्च माध्यामिक शिक्षा परिषद्का कर्मचारीले ०७० वैशाख १९ गते पत्रकारलाई हातपात गर्दै ठिक पार्ने धम्की दिएका छन् । कार्यालय समयमा कर्मचारी निदाएको विषयमा वैशाख १८ गते नागरिक दैनिक र मिसन टुडे दैनिकमा निदाएको फोटो सहित समाचार प्रकाशितको विषयलाई लिएर पत्रकारतथा मिसन टुडेका प्रकाशक विनोद पौडेल र नागरिक संवादाता तथा रेडियो प्रतिबोध एफएमका समाचार संयोजक टेकेन्द्र बस्याललाई उच्च माध्यामिक शिक्षा परिषद् कोहलपुरका कर्मचारी देवेन्द्र शाहीले हातपात गर्दै यो समाचार लेख्ने को-को हो भन्दै ठिक पार्ने धम्की दिएको पीडित टेकेन्द्र बस्यालले बताए । कार्यालयमा पुगेका पत्रकारलाई शाहीले प्रमुख वाग्लेको अगाडि समाचार लेख्ने पत्रकार को, किन लेखेको भन्दै प्रमुखको कार्यकक्षमा छलफलका क्रममा हातपात गरे ।' बस्यालले भने । घटनापछि कोहलपुरका पत्रकारसँग छलफलमा रहेका बस्याल र पौडेललाई शाहीले ९८४११५०८३५ नम्बरको मोबाइलबाट फोन गरी ठिक पार्ने र जे पनि गर्ने भन्दै धम्की दिएको पौडेलले बताए । पीडित पत्रकारले निष्पक्ष, भयरहित वातावरणमा समाचार लेख्ने र सुरक्षाको व्यवस्था गरिदिन पत्रकार महासङ्घसँग आग्रह गरेका छन् । विनोद पाण्डे

0 Comments