Incident Reports

बहिनीद्वारा ढुंगा प्रहार गरी दिदीको हत्या

2017-03-26

Sudurpashchim, Darchula, Apihimal

अपी हिमाल गाउँपालिका–३ काटैमा आइतबार बिहानै बहिनीले दिदीको हत्या गरेकी छिन् । बिहान साढे तीन बजे बहिनी चैतीदेवी कार्कीले आफ्नै ५० वर्षीय दिदी नर्मादेवी कार्कीको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । बहिनी चैतीदेवीको मानसिक सन्तुलन ठीक नभएको र दिदी बहिनीबीच समान्य विवादमा बहिनीले दिदीको टाउकोमा ढुंगा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । टाउकोमा ढुंगा प्रहार गर्ने बहिनी चैतीदेवीलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको दार्चुलाका डिएसपी केदार खनालले बताए । त्यस्तै मालिकार्जुन गाउपालिका–८ शंकरपुर पौलबिसामा महाकाली लोकमार्गमा हिँड्दै गरेकी १२ वर्षीय मनिषा बोहरालाई दार्चुलाबाट धनगढीतर्फ गइरहेको बा१६च ९१५० नम्बरको जीपले ठक्कर दिँदा गम्भिर घाइते भएकी छिन् । बालिकाको दाहिने खुट्टामा चोट लागेको छ । बोहरालाई धनगढीमा उपचार गर्न भन्दै गाडी धनीले आफूसंगै लगेर उपचार गर्ने सहमति भएपछि गाडी छोडिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur

0 Comments

Related Reports