Incident Reports

बहुबिवाह गर्ने पतिविरुद्ध उजुरी l

2013-05-06

Bagmati, Chitawan, Kalika

Sabitri Sapkota चितवन । वैशाख २३ गते जुटपानी गाविस-८ का ४५ वर्षीय चीजबहादुर श्रेष्ठले बहुबिवाह गरेको भनी उनकी जेठी पत्नी ३९ वर्षीया पूर्णमाया श्रेष्ठले ०७० वैशाख २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । चीजबहादुरले धादिङ्ग घर भएकी ३० वर्षीया रुपा भन्ने जमुना श्रेष्ठसँग दोस्रो बिवाह गरेको भनि पूर्णमायाले प्रहरीमा उजुरी दिएकी हुन् । चीजबहादुरले पहिले नै जमुनालाई बाहिर बाहिर राख्दै आएको सुने पनि ०७० वैशाख १७ गते घरमा ल्याएपछि मात्र पतिले बहुबिवाह गरेको थाहा भएको उनको भनाइ छ । बहुबिवाह गरेपछि चीजबहादुरले पूर्णमायालाई खानलाउन नदिई घरबाट निकालेको उनले दुखेसो पोखिन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis