Incident Reports

जलाउन तयार पारिएको शवलाई अस्पताल लगेर पोष्टमार्टम

2017-03-22

Madhes, Dhanusha, Chhireshwornath

धनुषा हरिहरपुर स्थित इच्छापुरकी १७ वर्षीया ममिता दासको रहस्यमय मृत्यु भएको छ । बुधबार बिहान करिब ९ बजे ममिता आफ्नै घरमा मृत अवस्थामा भेटेकी थिइन । डेढ महिने छोरीकी आमा ममिता पासो लगाएर आत्महत्या गरेको पारिवारिक सदस्यको दावी छ । घटनापछि बुधबारै जनकपुर अञ्चल अस्पतालमा ल्याइएको शवलाई बिहीबार बिहान पोष्टमार्टम गरेपछि दाहसंस्कारको लागि जनकपुरको गंगासागरस्थित स्मशानघाट लगिएको थियो । ममिताका माइती पक्षका सदस्यहरु आएपछि घटनाबाहिर आएको हो । माइती पक्षले भने हत्या गरी घटना लुकाउन पोष्टमार्टम नै नगरी जलाउन लागिएको आरोप लगाएका छन् । उनीहरुको दबाबपछि स्थानीयको सहयोगमा फेरी जनकपुर अञ्चल अस्पताल लगिएको शवलाई दोस्रो पटक पोष्टमार्टम गरिएको अस्पतालका मेसु डा गौराङ मिश्रले बताए । उनका अनुसार यस बिहान डा केडि दास र डा रामदेव चौधरीको टोलीले पोष्टमार्टम गरेको शवलाई अर्को पटक डा कुल्दिप पण्डित, अवधेश झा, विजय सिंहलगायतको तीन सदस्यीय टोलीले पोष्टमार्टम गरेको छ । दुवै पोष्र्टमार्टमकोे रिपोर्ट शुक्रबार आउने डा मिश्रले जानकारी दिएका छन् । २०७२ माघ ११ गते इच्छापुरका कमलु मण्डलसँग विवाह भएको ममिताले डेढ महिनाअघि छोरी जन्माएदेखि पति लगायत ससुराली परिवारका सदस्यहरुले यातना दिन थालेको माइती पक्षको आरोप छ । उनीहरुले छोरीलाई हत्या गरी घटना लुकाउन खोजीएको भन्दै दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् । शवको दोस्रो पटक पोष्टमार्टमपछि ससुराली पक्षले गाउँमै दाहसंस्कार गर्नेगरी शव फिर्ता लगेको छ । घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै संघीय समाजवादी फोरम नेपालका धनुषा अध्यक्ष चन्देश्वर महतो, हरिनारायण यादव, तमलोपाकी सरिता शर्मालगायत टोली जिल्ला प्रहरी कार्यालयमा डेलिगेशन पुगेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले भने घटनाको अनुसन्धान जारी रहेको भन्दै अहिले नै केही भन्न नसकिने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लोक बहादुर बुढाथोकीले पोष्टमार्टमको रिपोर्ट र स्थलगत अनुसन्धान पछि मात्रै केही भन्न सकिने जनाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Dhanusha

0 Comments