Incident Reports

एक युवकको अनुहार जलेको लास भेटियो, अनुसन्धान गर्दै प्रहरी

2017-03-27

Madhes, Rautahat, Brindaban

अपहरण परेको छैठौं दिन शव फेला परेका अनोद साह कलवारको हत्या ३० किलो गाँजाका कारण भएको खुलेको छ । बहुदरमाई गाउँपालिका–१ विश्रामपुरका ३८ वर्षीय कलवारको गत चैत १४ गते गाउँकै गहुँ खेतमा शव फेला परेको थियो । चैत ८ गते गाउँ नजिकैको केहुनिया बजारबाट तरकारी किनेर साइकलमा घर फर्किने क्रममा उनको अपहरणपछि हत्या भएको थियो । प्रहरीले भारतसँग सीमा जोडिएको पर्साको सीमावर्ती धोरेबाट शनिबार बिगा राउत कुर्मीलाई नियन्त्रणमा लिएपछि उनको हत्याको रहस्य खुलेको हो । अनुसन्धान गर्ने क्रममा पक्राउ परेका कुर्मीले कलवारको हत्याको कारण गत पुसमा चोरी भएको ३० किलो गाँजा रहेको बयान प्रहरीलाई दिएका छन् । जिल्ला प्रहरीका डीएसपी चक्रराज जोशीका अनुसार कलवारको हत्यामा संलग्न रहेका मुख्य आरोपी पक्राउ परेका छैनन् । अन्य ४ जनाको खोजबिन भइरहेको छ । ३ महिनाअगाडि मृतक कलवार र गाउँकै त्रिभुवन साहमाथि गाँजा चोरीको आरोप लागेको थियो । ‘त्रिभुवनसँग गाँजा चोरीको विषयमा मिलापत्र भइसकेको थियो,’ बिगाको भनाइ उद्धृत गर्दै डीएसपी जोशीले भने, ‘अनोदले मिलापत्र गर्छु भनेर पनि नमानेकाले योजनाबद्ध तरिकाले हत्या गरिएको हो ।’ हत्या गर्नुभन्दा एक महिनाअगाडि पनि अनोदलाई बिगाको समूहले अपहरण गरी भारत लगेको थियो । ‘त्यहाँ मिलापत्र गर्छु भनेर सहमति गरेका अनोदले नेपाल फर्किएर अटेर गरेकाले पुन: अपहरण गरी हत्या गरेका रहेछन्,’ प्रवक्तासमेत रहेका डीएसपी जोशीले भने । दोस्रो पटक अपहरणमा परेको राति करिब ८ बजे अनोदको दाइ बान्कासँग फोनमा कुरा भएको थियो । ‘भाइ अपहरणमा परेको जानकारी समयमै प्रहरीलाई दिँदा पनि दु:खद घटना बेहोर्नुपरेको छ,’ बान्का भन्छन्, ‘कसरी सुरक्षित महसुस गर्नु ?’ अनोदले दाइलाई मात्र होइन गाउँ नजिकै रहेको बहुअर्वास्थित सशस्त्र प्रहरी पोस्टका इन्चार्जलाई समेत फोनमार्फत आफू अपहरणमा परेको जानकारी दिएका थिए । प्रहरीले सशस्त्रका पोस्ट इन्चार्जलाई एक दिन कार्यालयमा बोलाएर सामान्य सोधपुछ गरी छाडेको थियो । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको अनुसन्धान टोलीले बिगालाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार जिल्लाको अनुसन्धान टोलीले हत्याको कारण पत्ता लगाउन नसकेपछि क्षेत्रीय कार्यालयले टोली परिचालन गरेको थियो । हत्या अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको भन्दै गत साता गाउँले जिल्ला प्रहरी कार्यालयमा दबाब दिन आएका थिए । प्रहरी हिरासतमा रहेका बिगाले अनोदलाई अपहरणपछि गाउँको एक गोठमा हात/मुख बाँधेर २ दिनसम्म राखेको जनाएका छन् । ‘अपहरण गरेको तेस्रो दिन घाँटी बटारेर मार्‍यौं,’ उनको भनाइ उद्धृत गर्दै एक प्रहरी अधृकतले भने, ‘मारेर अर्को दुई दिन पनि त्यहीं राखेर पाँचौं दिन राति गहुँबारीमा फाले ।’ चैत १४ गते बिहान गहुँ खेत नजिकै रहेको श्री भंगी साह उच्च माविमा अध्ययनरत विद्यार्थीले शव देखेर हल्ला गरेका थिए । ‘हात र खुट्टाका औंला छिनाएको, शरीरका विभिन्न ठाउँमा मासु काटिएको वीभत्स अवस्थामा शव बरामद भएको थियो,’ अर्का डीएसपी यज्ञ भट्टराईले भने, ‘मार्नुअघि यातना दिएका रहेछन् ।’ हत्यापछि बिगालगायत उनको समूह सीमावर्ती भारतीय गाउँमा लुकेर बसेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Fire
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports