Incident Reports

पतिको कुटपिटबाट पत्नि गम्भीर घाइते l

2013-05-06

Komal Niranjan Bhat कञ्चनपुर । वैशाख २३ गते बेल्डाडी गाविस-५ चवन्नीकी २८ वर्षीया कुलाकुन्द रानालाई ०७० वैशाख २३ गते ३० वर्षीय पति धनिराम चौधरीले कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी छन् । मदिरा सेवन गरेका धनिरामले सामान्य घरायसी विवादमा मरणासन्न कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी हुन् । टाउको र घाँटीमा चोट लागेर गम्भीर घाइत भएकी कुलाकुन्देलाई उपचारका लागि बेल्डाडी प्राथमिक स्वास्थ्य केन्दमा लगिए पनि सो स्वास्थ्य केन्द्रले थप उपचारका लागि महाकाली अञ्चल अस्पताल रिफर गरेको छ । कुटपिट पछि पीडितका पति धनिराम ५ वर्षीया कान्छी छोरी सहित फरार रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्डाडीले फरार भएका धनिरामको खाजी कार्य भइरहेको जनायो । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis