Incident Reports

आरआर क्याम्पसमा पेट्रोल बम प्रहार, विरोधका बाबजुत स्ववियु निर्वाचन जारी

2017-03-28

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चलिरहँदा क्याम्पस बाहिर पेट्रोल बम प्रहार भएको छ । निर्वाचनको विरोधमा रहेका विद्यार्थी संगठनहरु र प्रहरीबीच झडपका क्रममा पेट्रोल बम प्रहार भएको हो । सडकमा बम पड्किए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बम कसले हानेकाे हो भन्ने पत्ता लागेको छैन । निर्वाचनको विरोधमा रहेका विद्यार्थीहरुले आफूहरुले बम नहानेकाे दाबी गरेका छन् । स्ववियु निर्वाचन बहिष्कार गरेका अखिल (क्रान्तिकारी) लगायत आधा दर्जन विद्यार्थी संगठन आवद्ध विद्यार्थी र प्रहरीबीच बिहानदेखि पटक पटक झडप भएका छन् । क्याम्पस बाहिर प्रहरी र विद्यार्थीबीच ढुंगा हानाहान, लाठीचार्ज भइरहे पनि क्याम्पसभित्र भने निर्वाचन जारी छ । संयुक्त विद्यार्थी संगठनको नाममा केही विद्यार्थी संगठनहरुले चुनाव रोक्न माग गर्दै आएका छन् । प्रदर्शनकारी विद्यार्थीलाई तितरबितर पार्न प्रहरीले चार पटक लाठीचार्ज गरिसकेको अखिल (क्रान्तिकारी)का नेता इन्द्र लामाले बताए । उनका अनुसार अखिल क्रान्तिकारी, नयाँ शक्ति, संघीय समाजवादी फोरम निकट विद्यार्थी संगठन, अखिल (पाँचौ), अखिल (छैटौं) लगायतले निर्वाचन बहिष्कार गरेका छन् । क्याम्पस परिसरमा नेपाल प्रहरी र सशस्त्र गरी झन्डै चार सय सुरक्षाकर्मी परिचालित छन् । निर्वाचनको विरोध गरिरहेका विद्यार्थी संगठनले आफूहरुमाथि प्रहरीले संकटकालमा जसरी दमन गरेको आरोप लगाएका छन् । फागुन २३ का लागि तय भएको आरआरको स्ववियु चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो । तर, सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि चुनाव भएको हो । सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत चुनाव गरिएको भन्दै क्रान्तिकारी लगायतले विद्यार्थीहरु स्ववियु चुनावविरुद्ध बिहानैदेखि प्रदर्शनमा छन् । यसअघि संयुक्त विद्यार्थी संगठनमार्फत चुनाव रोक्न माग गर्दै आएको नेविसंघ सम्वद्ध विद्यार्थी भने विरोधमा उत्रिएका छैनन् । चुनाव फागुन २३ गते चुनाव रोकिएको दिनसम्म मनोनयन दर्ता नगरेको नेविसंघले सोमबार एकाएक मनोनयन दर्ता गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Improvised explosive device (IED)
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 200
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 400
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Siraha

0 Comments