Incident Reports

बलात्कार पछि आरोपित फरार l

2013-05-02

Lumbini, Rupandehi, Sudhdhodhan

रुपन्देही । वैशाख २३ गते एक ६ वर्षीया एक बालिकालाई बलात्कार गरी मानकपडी गाविस-३, रजाडका १८ वर्षीय मनोज चौधरी फरार भएका छन् । गत वैशाख १० गते बालिकालाई बलात्कार गरेको पीडितको परिवारले बताएको छ । घटनाको नौ दिनपछि वैशाख १९ गते प्रहरीमा उजुरी परेको घटना २२ गते मात्र सार्वजनिक भएको हो । प्रहरीमा उजुरी परेसँगै बलात्कारमा संलग्न रहेको आरोप लागेका चौधरी फरार रहेको प्रहरीले बताएको छ । चौधरीको परिवार नै सम्पर्कमा नरहेको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यालयले २२ गते मात्र उजुरी दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरिक्षक पोषराज पोखरेलले बताए । घटनापछि बालिका शारीरिक रुपमा कमजोर बन्दै गएकी छन् । उनी विद्यालय समेत जान छाडेकी छन् बालिकाको महिलावादी सङ्घ-संस्था तथा प्रहरीको सहयोगमा वैशाख २० गतेदेखि भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । अमृत गिरी Amrit Gir

0 Comments

Related Reports
Related Trend Analysis