Incident Reports

प्रक्रिया नपुगेको भन्दै सर्वोच्चले रिट दर्ता गरेन l

2013-05-07

Vivek Dhungana काठमाडौँ । वैशाख २४ गते जनआन्दोलनका दोषी तथा भष्ट्रचार अभियोग लागेका पूर्व मूख्यसचिव लोकमानसिंह कार्कीलाई अख्यितार अनुसन्धान आयोगमा नियुक्त नगर्न भन्दै पेश गरिएको रिट दर्ता नगरी सर्वोच्च अदालतले फिर्ता गरेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले वैशाख २३ गते पेश गरेको उक्त रिटलाई सर्वोच्च अदालतका रजिष्ट्रार लोहितचन्द्र शाहले तीन सर्त तेर्साएर फिर्ता गरिदिएका छन् । रजिष्ट्रार शाहले रिट निवेदकले विपक्षी निकायबाट नै कानूनी उपचार माग्नु पर्ने, त्यसमा चित्त नबुझे मुद्दा दायर गर्नु अघि विपक्षीलाई जानकारी गराउनुपर्ने र उक्त जानकारी गराएको प्रमाण अदालतमा पेश गरेमात्र रिट दर्ता हुने भनेको रिट निवदेक अर्यालले बताए । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis