Incident Reports

यौन धन्दा चलाएको भन्दै २ होटेल संचालक पक्राउ

2017-03-21

Bagmati, Makawanpur, Hetauda

होटेलमा युवतीलाई राखेर अवैध यौन धन्दा चलाएको भन्दै मकवानपुर प्रहरीले हेटौडाको २ वटा होटलका संचालकलाई पक्राउ गरी आवश्यक कारबाही एवम् अनुसन्धान प्रक्रिया अघि बढाएको छ । युवती तथा महिलालाई होटेलमा राखेर जबरजस्ती यौन कार्यमा लाग्न बाध्य बनाएको भन्दै प्रहरीले हेटौडा - १० बसपार्कमा रहेको होटेल एण्ड लज तथा सामरीमा रहेको सामरी रिभर रेष्टुरेन्ट एण्ड लजका संचालकलाई प्रहरीले पक्राउ गरेको हो । यौन कार्यमा संलग्न २ जना महिला र संचालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेब गौतमले जानकारी दिए । मंगलबार धादिङ होटेल एण्ड लजबाट १ जना १८ वर्षीय युवतीलाई जबर्जस्ति यौन कार्य गर्न बाध्य बनाईएको अवस्थाबाट प्रहरीले महिलालाई उद्धार गरी होटलका संचालकलाई नियन्त्रणमा लिएको उनले बताए । यस्तै बुधबार साविकको मकवानपुरगढी -९ सामरीमा रहेको सामरी रिभर रेष्टुरेन्ट एण्ड लजबाट २२ वर्षीय महिलालाई जबर्जस्ती यौन कार्य गराउन बाध्य बनाईएको अवस्थामा प्रहरीले उद्धार गरि लजका संचालक गौतमले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Makwanpur

0 Comments