Incident Reports

६ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

2017-03-29

Province 1, Morang, Kanepokhari

मोरङको कानेपोखरी गाउँपालिका–६ मा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार कानेपोखरी गाउँपालिका–६ कै १४ वर्षीय किशोरलाई बिहीबार राति पक्राउ गरिएको हो। घटनामा संलग्न पनि बालक नै भएको भन्दै प्रहरीले नाम भने गोप्य राखेको छ। बुधबार साँझ घर नजिकै बालिका बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुवा आमा खोटाङमा रहेका कारण बालिका पढ्नका लागि काकीको घरमा बस्दै आएकी थिइन्। ‘घटना अघिल्लै दिन भएको रहेछ,’ कार्कीले भने, ‘प्रहरीलाई ढिलो गरेर जानकारी आएपछि घटनामा संलग्न किशोरलाई पक्राउ गरिएको हो।’ बालिकाले घटनाबारेमा बिहीबारमात्र आफन्तलाई जानकारी गराएकी थिइन्। पीडित बालिकालाई उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा भर्ना गरिएको छ। पक्राउ परेका किशोरले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ। सुस्त मनस्थितीका जस्तो देखिने किशोरले गर्न हुँदैन भन्ने कुरा थाहा नभएर आफूले बालिकामाथि त्यस्तो व्यवहार गरेको वयान प्रहरीलाई दिएका छन्। उनीविरुद्ध शुक्रबार जवरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी कार्कीले दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments