Incident Reports

सर्लाहीका डीएसपीद्वारा प्रहरी जवानलाई निर्घात कुटपिट l

2013-05-07

Bidur Kumar Pyakurel सर्लाही । वैशाख २५ गते बाराको पचोर्वा गाविस १ घर भएका ३० वर्षीय प्रहरी जवान गणेश यादवलाई ०७० वैशाख २३ गते राति आफ्नी सासूलाई अनावश्यक रुपमा सोधपूछ गरेको आरोपमा सर्लाहीका डीएसपी उमाशंकर पञ्जियारले निर्घात रुपमा कुटपिट गरेका छन् । प्राप्त विवरण अनुसार सदरमुकाम मलंगवास्थित क्वाटरमा परिवारसहित बस्दै आएका डिएसपी पञ्जियारकी सासूलाई प्रहरी जवान यादवले नौलो मान्छे लागेर सोधपूछ गरेका थिए । त्यसपछि डिएसपी पञ्जियारले आफ्नी सासूको अपमान भएको भन्दै प्रहरी जवान यादवलाई कोठाभित्र लगेर आफू र केही प्रहरी जवान समेतको सहयोगमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए । मोबाइल समेत खोसेर रातभरि हिरासत अर्थात् कोर्ट गार्डमा राखिएका प्रहरी जवानलाई घटना सार्वजनिक आएपछि वैशाख २४ गते बिहान मात्र छाडिएको थियो । प्रहरी जवान यादवको कुटपिटबाट टाउको लगायत शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । घटनाबारे यादवले केही बोल्न चाहेनन् । आफ्नो ड्यूटी पूरा गर्दा यादवले कुटाइ खानुपरेको उनका परिवारको गुनासो रहेको छ । एसपी शरद चन्दले पनि घटनाको पुष्टि गर्दै प्रहरी जवानलाई घटनाबारे आफूलाई निवेदन दिन भनेको जानकारी दिए । यस्तै प्रमुख जिल्ला अधिकारी रामाधिन यादवले पनि घटनाबारे आफूले गम्भीर रुपमा अनुसन्धान गरिरहेको प्रतिक्रिया दिए । विदुरकुमार प्याकुरेल

0 Comments

Related Reports
Related Trend Analysis