Incident Reports

नेपाली कङ्ग्रेस र एकीकृत माओवादी केन्द्रका कार्यकर्ताबिच झडप, तीन जना घाइते

2017-03-29

Karnali, Jajarkot, Bheri

Adarsha KC सानोभरी गाउँपालिका-६ मा नेपाली कङ्ग्रेस र एकीकृत माओवादी केन्द्रका कार्यकर्ताबिच चैत १६ गते भएको झडपमा कङ्ग्रेसका तीन जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा सानोभरी गाउँपालिका-६ निवासी कङ्ग्रेसका स्थानीय कार्यकर्ता ३९ वर्षीया विरमी ओली, सोही ठाउँका ४२ वर्षीय शशिराम ओली र ३९ वर्षीय मानसिंह ओली रहेका छन् । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । पीडित तीनै जनाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको नेपाली कङ्ग्रेस, रूकुमले जनाएको छ । स्थानीय तहको चुनाव सम्बन्धमा आयोजना गरेको चुनावी कार्यक्रमलाई माओवादीका स्थानीय कार्यकर्ताहरूले विथोल्न खोज्दा दुवै पक्षबिच झडप भएको काङ्ग्रेसका सानोभेरी गाउँपालिका संयोजक गोरप्रसाद चन्दले आरोप लगाए । झडपमा धारिलो हतियार प्रहार गरेको आरोपमा एकीकृत माओवादी केन्द्रका दुई जना स्थानीय कार्यकर्तालाई प्रहरीले चैत १६ गते गिरफ्तार गरेको जनाएको छ । गिरफ्तार हुनेमा सानोभेरी गाउँपालिका-११ काफलबोटका शिक्षक एवम् एकीकृत माओवादी केन्द्रका स्थानीय कार्यकर्ता ३० वर्षीय रामबहादुर ओली र सोही ठाउँका ४० वर्षीय शिक्षक एवम् एकीकृत माओवादी केन्द्रका स्थानीय कार्यकर्ता विष्णु पुन रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अङगुर डिसीले बताए । आदर्श केसी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
INSEC

0 Comments

Related Reports