Incident Reports

बालिका बेचबिखन गर्न खोज्नेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश l

2013-05-06

Madhes, Saptari, Saptakoshi

बाँके । वैशाख २५ गते कचनापुर गाविस-२ की १२ वर्षीया बालिकालाई ललाइफकाई भारतमा बेच्न खोज्ने एक महिला सहित तीन जनालाई जिल्ला अदालतले ०७० वैशाख २३ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले बाँके कचनापुर गाविस-२ की ३० वर्षीया देवकुमारी चौधरी सोही ठाँउका ३२ वर्षीय चुन्नीलाल चौधरी र भारतीय नागरिक अजयप्रशाद गौंडलाई मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । चौधरीद्वयलाई मानव बेचबिखन तथा ओसारपसार र भारतीय नागरिक अजयविरुद्ध बलात्कारको समेत अभियोग लागेको बालिकाका तर्फबाट बहसपैरवी गर्दै आएका अधिवक्ता बासुदेव ज्ञवालीले बताए । विवाह गर्ने बहानामा अजयले बालिकालाई कञ्चनपुरको गड्डाचौकी नाका पुर्‍याएका थिए । बालिकासहित उनलाई ०६९ चैत २४ गते पक्राउ गरी कञ्चनपुर प्रहरीले अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा पठाएको थियो । विनोद पाण्डे

0 Comments