Incident Reports

न्याय प्रक्रियाकै क्रममा कुटपिट

2017-03-29

Karnali, Dailekh, Dullu

महाबू गाउँपालिका वडा नं ३ बाँसीकी २७ बर्षीया रन्जना मल्लले गत बर्ष सशस्त्र प्रहरीमा कार्यारत आफ्ना पति बिरुद्द मानाचामल मुद्दा दिईन। अदालतले मासिक ६ हजार तलब दिनु भनी फैसला गर्यो तर त्यो तिर्न नपरोस भनेर पति रमेशबहादुर शाहीले दुल्लु नगरपालिका-१३ वडा कार्यालयमा सम्बन्ध बिच्छेद मुद्दा दिए। त्यहि मुद्दाको प्रतिउत्तर दिन गएकी रन्जनामाथि कुटपिट भएको छ। रन्जना माथि कुटपिट गरेको आरोपमा दुल्लु नगरपालिका वडा नं १३ मालिका गाउँकी २९ बर्षिया अम्बिका शाही, ५० बर्षिया वालु शाही र १९ बर्षिया बीरेन्द्र शाहीलाइ प्रहरीले आज गिरफ्तार गरेको छ। रन्जनाका पति रेशम शाहीले वडा कार्यालयमा दिएको सम्बन्ध बिच्छेदको मुद्दामा प्रतिउत्तर लगाउन मालिका पुगेको बेला रन्जनाकी नन्द अम्बा शाही, उनकी सासु बालु शाही र देवर बिरेन्द्र शाहीले ज्यान लिने प्रयत्न गरेको भन्दै प्रहरीमा परेको आकस्मिक खबरका आधारमा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको प्रहरी इन्स्पेक्टर एकिन्द खड्काले जानकारी दिए। वडा कार्यालयबाट फर्किदा खोटा गाडाखोला भन्ने जंगलमा बाटो कुरेर बसेका ७-८ जनाले एक्कासी झम्टेर कुटपिट गर्दै 'यही खोलामा मारेर फालिदिन्छौं' भनी आक्रमण गरेको बेला केहि आफन्त र सुभाचिन्तकहरुलाइ मोबाइलबाट अत्तालिएर खबर गरेको आधारमा आफूले प्रहरीलाइ बताएको रन्जनाका बुवा बिष्णु मल्लले बताए। पिडित रन्जनाका आधारमा देवरानी २४ बर्षीय संगीता शाही, देवर १८ बर्षीय महेन्द्र शाही, ससुरा ६० बर्षीय बमबहादुर शाही समेत ६-८ जनाको कुटपिटमा संलग्न थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Surkhet

0 Comments