Incident Reports

बलात्कार गरेको आरोपमा पक्राउ

2013-05-07

Ramesh Prasad Timalsina ललितपुर । वैशाख २५ गते नुवाकोटकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ गोलढुङ्गा ४ शेषमती डेरा गरी बस्ने नुवाकोट जिल्ला विदुर नगरपालिका ४ का ५५ वर्षीय धर्मराज जमरकटेललाई प्रहरीले ०७० वैशाख २४ गते पक्राउ गरेको छ । जमरकटेलले ती बालिकालाई काठमाडौँ घुमाउन ल्याई ०७० वैशाख ५ गतेदेखि १७ गतेसम्म उसकै डेरा कोठामा र अन्तिम पटक नुवाकोटको ढुङ्गे भन्ने स्थानमा रहेको नाम खुल्न नसकेको गेष्टहाउसमा लगेर बलात्कार गरेको भनी पीडित परिवारले ०७० वैशाख २३ गते महानगरीय प्रहरी वृत्त बालाजुमा जाहेरी दिएका थिए । जाहेरीको आधारमा प्रहरीले गोलढुङ्गा ४ शेषमतीमा रहेको जमरकटेलको डेराबाट पक्राउ गरी अन्य थप अनुसन्धान एवं कारवाहीको लागि ०७० वैशाख २४ गते नै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाइएको महानगरीय प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis