Incident Reports

छाउ गोठमा जलेकी किशोरीले उपचार पाइनन्

2017-04-07

Sudurpashchim, Doti, Jorayal

४ पालेवनस्थित छाउपडी गोठमा आगोले जलेर घाईते भएकी किशोरीको आर्थिक अभावकाकारण उपचार हुन नसक्दा समस्या भएको । दुई महिना अघी महिनावारी भएका बेला घरदेखि टाढा अलग्गै छाउ गोठमा सुतेकी १६ बर्षिया डम्मरा कुँवरले न्यानोको लागी बालेको आगोले शरीर जलेको थियो । आगाले पोल्दा डम्मरा गम्भिर घाईते भएकी थिईन । डम्मराको घरको आर्थिक अवस्था कमजोर छ । आर्थिक अभावको कारणले उपचार गर्न नसक्दा घाउ पालेर बस्न बाध्य भएको उनले दुखेसो पोखिन् । घाउ निको हुनुको साटो बल्झिदै गएको पनि उनले बताइन् । डम्बराका बुवा नरबहादुर कुँवरका अनुसार उपचारका लागी अछामस्थित बयलपाटा अस्पताल लगिएको भए पनि उपचार हुन सकेन । डाक्टरले थप उपचारका लागी जिल्ला बाहिर ठुलो अस्पतालमा लैजानु पर्ने भने पनि आर्थिक अभावका कारण घरेलु उपचारमा जोड गरिरहेको नरबहादुरले बताए । “बयलपाटा अस्पतालले बाहिर लैजाउ भनेको थियो । पैसा धेरै लाग्ने भन्ने सुनेपछि थप उपचारका लागी अरु ठाउँ लान सकिएको छैन ।” नरबहादुरले आर्थिक अभावमा छोरीको उपचार गर्न नसक्दा निकै पीडा महसुस गरिरहेको बताए । छोरीको उपचारका लागि कसैले सहयोग गरिदिए ठुलो राहत मिल्ने उनले बताए । आगोले पोलेको घटना दुई महिना भन्दा अगाढीको भए पनि बाहिर आउन सकेको थिएन । डोटी स्थित सामुदायिक बिकास मञ्च नेपालमा कार्यरत सव ईन्जिनियर रामबहादुर बोहराले फेसवुकमा पिडित किशोरीको फोटो हालेपछि घटना बाहिर आएको हो । गर्मी सुरु हुन थाल्दा दुखाई पनि बढिरहेकोले स्कुल समेत जान नसकेको बताएकी छिन् । उनी स्थानीय शिशु सुधार आधारभुत बिद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् । डम्बराका अभिभावकले छोरीको उपचारका लागि धेरैसँग सहयोगको आग्रह गरिसकेको भन्दै छाउपडी प्रथा बिरुद्ध काम गर्ने निकायले समेत चाँसो नदिएको गुनासो गरेका छन् ।

0 Comments