Incident Reports

डोटी क्याम्पस डोटीमा विद्यार्थीद्वारा तोडफोडl

2013-05-10

Lavdev Bhatta डोटी । वैशाख २८ गते डोटी बहुमुखी क्याम्पस डोटीमा विषयगत शिक्षक राख्नुपर्ने माग गर्दै स्नातक तहमा अध्ययनरत् विद्यार्थीहरूले ०७० वैशाख २७ गते तोडफोड गरे । क्याम्पसमा रहेका कुर्ची डेस्क र बेन्च लगायतका सामाग्री तोडफोड गरेको छ । क्याम्पस प्रशासनसँग समन्वय गर्नको साटो विद्यार्थीहरूले तोडफोड गरेको क्याम्पस प्रमुख महेश कठायतले बताए । क्याम्पस प्रशासनमा विद्यार्थीहरूले विषयगत शिक्षक राखिनुपर्ने, अक्षम प्राध्यापक हटाइनुपर्ने माग राख्दै पटकपटक पेश गर्दासमेत मागको कुनै सुनुवाई नभएकाले आन्दोलनमा उत्रनुपर्ने बाध्यता भएको विद्यार्थी नेता बमबहादुर बमले बताए । विद्यार्थीहरूले क्याम्पस प्रमुखलाई विषयगत शिक्षक भर्ना गर्नुपर्ने, विद्यार्थीहरूलाई पढाउन नसक्ने असक्षम प्राध्यापकहरूलाई हटाउनुपर्ने लगायतका मागहरू राखी ज्ञापनपत्र बुझाएको स्ववियु सभापति गणेश खड्काले बताए । लबदेब भट्ट

0 Comments

Related Reports
Related Trend Analysis