Incident Reports

कार्की विरूद्द रिट दर्ता गर्नूः सर्वोच्च l

2013-05-11

Vivek Dhungana काठमाडौँ । वैशाख २८ गते लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने संवैधानिक परिषद्को निर्णय विरूद्ध पेश भएको रिट दर्ता हुने भएको छ । न्यायाधीश रामकुमारप्रसाद साहको ०७० वैशाख २७ गतेको एकल इजलासले सर्वोच्च प्रशासनको रिट दर्ता नगर्ने निर्णय बदर गरेपछि कार्की सिफारिसविरूद्धको रिट दर्ता हुने भएको हो । अधिवक्ता ओमप्रकाश अर्यालले जनआन्दोलनका दोषी तथा भष्ट्रचार अभियोग लागेका कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्ति नगर्न भन्दै ०७० वैशाख २३ गते पेश गरेको रिट सर्वोच्च प्रशासनका रजिष्ट्रार लोहितचन्द्र शाहले तीन शर्त तेर्साएर फिर्ता गरिदिएका थिए । रजिष्ट्रार शाहले रिट निवदेकले विपक्षी निकायबाट नै कानूनी उपचार माग्नुपर्ने, त्यसमा चित्त नबुझे मुद्दा दायर गर्नु अघि विपक्षीलाई जानकारी गराउनुपर्ने र उक्त जानकारी गराएको प्रमाण अदालतमा पेश गरेमात्र रिट दर्ता हुने भनेका थिए । अधिवक्ता अर्यालले सार्वजानिक विषय रहेको कार्कीविरूद्धको रिट दर्ता नगर्ने रजिष्ट्रार शाह आदेश खारेजीको माग गरी निवदेन दर्ता गर्न पाऊँ भनी पुनः ०७० वैशाख २४ गते सर्वोच्चमा निवदेन दायर गरेका थिए । कार्कीको सिफारिसविरूद्द कार्यान्वयन नगराउने माग गर्दै सर्वोच्चमा रिट निवदेन पेश गरे पनि रिट दर्ता नहुँदै ०७० वैशाख २६ गते नै राष्ट्रपति रामवराण यादवले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गराइसकेका छन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis