Incident Reports

पतिको कुटपिटबाट पत्नि गम्भीर घाइते l

2013-05-12

Komal Niranjan Bhat कञ्चनपुर । वैशाख २७ गते भीमदत्तनगरपालिका-७ हल्दुखालकी ३६ वर्षीया गङ्गा बोहरालाई वैशाख २६ गते पति ४० वर्षीय मानबहादुर बोहराले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । मदिरा सेवन गरेका मानवहादुरले पत्नि गङ्गालाई स्थानीय चोकबाट कुटपिट गर्दै घर लगेको र घरमा समेत कुटपिट गरेका थिए । घाइते गङ्गाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पीडितले महिला मानवअधिकार रक्षक सञ्जालमा निवेदन दिएको र उनका पति फरार रहेको महिलामानवअधिकार सञ्जाल कञ्चनपुरका सचिव भगवति थापाले बताइन । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis