Incident Reports

आक्रमणबाट प्रधानाध्यापक घाइते l

2013-05-09

Manohar Kumar Pokharel सप्तरी । वैशाख २७ गते राजविराज नपा-१० स्थित राप्रावि डुमरी शिवथानका प्रधानाध्यापक ५२ वर्षीय सूर्यनारायण यादवलाई स्थानीय व्यक्तिले वैशाख २६ गते कक्षाकोठामा प्रवेश गरी कुटपिट गरेपछि विद्यालयको पढाइ प्रभावित भएको छ । छात्रवृत्ति रकम र विद्यालयलाई प्राप्त ट्युबवेलमा अनियमितता भएको आरोप लगाउँदै राजविराज नपा-१० का ५० वर्षीय देवराम यादव, ३५ वर्षीय खेलानन्द यादव, ३० वर्षीय गोविन्द यादव, ३० वर्षीय विशो यादव र २८ वर्षीय श्यामनारायण यादवलगायतले कक्षा कोठामा प्रवेश गरी एक्कासि कुटपिट गरेको घाइते प्रधानाध्यापक यादवले बताए । घाइते प्रअ यादवको स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको निजका छोरा नागेन्द्र यादवले बताए । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा भएको सो घटनापछि विद्यालयको पठन पाठन स्थगित भएको छ । घटनामा संलग्न विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको तर हालसम्म कोही पनि गिरफ्तार नभएको प्रहरीले जनाएको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis