Incident Reports

नेपाली काङ्ग्रेसको कार्यक्रममा प्रत्यक्ष प्रशारण नगरेको भन्दै कर्मचारी निष्काशित l

2013-05-07

Jeevan Sejuwal मुगु । वैशाख २७ गते दुई वर्षदेखि सञ्चालन भएको रेडियो मुगुमा कार्यरात स्टेशन इन्चार्ज सुमन मल्ल, सिनियर प्राविधिक गणेश खड्का र कार्यक्रम प्रस्तोता एवम् सम्वाददाता रवि हमाललाई वैशाख २४ गते गमगढीमा काङ्ग्रेसले आयोजना गरेको आमसभाको प्रत्यक्ष प्रशारण नगरेको आरोपमा निष्काशन गरेको छ । दुई वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो मुगुमा कार्यरत तीन जना कर्मचारीलाई रेडियो व्यवस्थापनले निष्काशन गरेको हो । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलको सम्बोधनको प्रत्यक्ष प्रसारण नगरेको, नेपाली काङ्ग्रेस विवाद बाहिर ल्याइदिएको रेडियोमा कम समय दिएको भन्दै एक्कासि २६ गते साँझ रेडियो व्यवस्थापनले निष्कासित गरेको छ । जीवन सेजुवाल

0 Comments