Incident Reports

जग्गा विवादमा झडप हुँदा रौतहटमा १८ जना घाइते

2017-04-16

Madhes, Rautahat, Maulapur

रौतहटको मौलापुर गाउँपालिका-७, सितलपुरको घुसुकपुर टोलमा जग्गा विवादमा झडप हुँदा १८ जना घाइते भएका छन्। स्थानीय लक्ष्मी राय यादवले तनकी राउतको जग्गा मिचेको भन्दै अमिन बोलाएपछि विवाद बढेको थियो। जग्गा नापिरहेकै बेला झडप हुँदा १८ घाइते भएका छन्, जसमा ४ जनाको अवस्था गम्भीर छ। झडपमा तनकी पक्षका पनिलाल पटेल, गौरी राउत, महिन्द्र राउत, जयलाल राउत, विशुन्दयाल राउत, सुरिन्दर राउत, दिपेश पटेल, राजेश पटेल, विजय पटेललगायत घाइते छन्। लक्ष्मी पक्षको पिटाइबाट राम किशोर पटेल, पनिलाल राउत, गौरी राउत र कइल पटेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको गौरमा समान्य उपचारपछि वीरगन्ज पठाइएको छ। त्यस्तै तनकी पक्षको कुटाइवाट स्थानीय महेश यादव, दिपेन्द्र यादव, जियालाल यादव, मदन यादव, ओपिन्दर यादव घाइते भएका छन्। घटनाको विषयमा गहन रुपमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी यज्ञ विनोद पोखरेलले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Access/control of private land
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 18
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha

0 Comments

Related Reports