Incident Reports

मैना सुनुवार हत्याकाण्ड: महासेनानी र सहसेनानीलाई जन्मकैद

2017-04-17

Bagmati, Kabhrepalanchok, Dhulikhel

सशस्त्र द्वन्द्वको समयमा सैनिक ब्यारेकभित्र चरम यातनापछि हत्या गरिएकी १५ वर्षीया किशोरी मैना सुनुवारको हत्यामा संलग्न तत्कालीन शाही नेपाली सेनाका महासेनानी र सहसेनानीद्वयलाई जन्मकैदको फैसला भएको छ। आओवादीको आरोपमा पाँचखालमा रहेको विरेन्द्र शान्ति तालिम केन्द्रमा खरेलथोक घर भएकी मैना सुनुवारलाई २०६० फागुन ५ गते बिहानै घरबाट क्याप्टेन निरञ्जन बस्नेतले चलाएको गाडीमा राखि १५ जना सेनाको टोलीले पक्राउ गरि ल्याएको थियो । जिल्ला अदालत काभ्रेका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले घटनामा संलग्न रहेका वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालिन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुने फैसला गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Secondary Form Torture
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Army
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC

0 Comments