Incident Reports

छोरी जन्माएको आरोपमा एघार दिनको सुत्केरीलाई पतिद्वारा कुटपिट गरी यातना l

2013-05-10

Natibabu Dhita सिन्धुपाल्चोक । वैशाख २७ गते कुबिण्डे गाविस-२ की २५ वर्षीया सुस्मिता श्रेष्ठलाई वैशाख २६ गते बिहान उनका आफ्नै पति ३८ वर्षीय एकनबहादुर श्रेष्ठले छोरी जन्माएको आरोपमा कुटपिट गरी यातना दिएका छन् । एघार दिनको सुत्केरीलाई मरणासन्न हुनेगरी कुटपिट गरी यातना दिएको भन्दै पीडितपक्षको तर्फबाट वैशाख २७ गते दिउँसो पीडककी दिदी दूधलक्ष्मी श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी छन् । जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्ने दुधलक्ष्मीको भनाइ अनुसार- 'पीडित सुस्मिता सुत्केरी भएको दिनदेखि पति एकनबहादुरले छोरी जन्माएको आरोपमा कुटपिट गर्दै आएका थिए । पछिल्लो पटक वैशाख २६ गते मार्ने उद्देश्यले कुटपिट गरेकोले प्रहरीलाई सूचना दिन आएकी हुँ ।' उनको भनाइअनुसार पीडित सुस्मिता हिँड्न नसक्ने भएकाले पीडितको तर्फबाट उजुरी गर्न आफू आएको बताइन् । आरोपितलाई गिरफ्तार गर्न प्रहरी टोली घटनास्थलतर्फपठाएको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख सन्तलाल मोक्तानले बताए । नातीबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis