Incident Reports

जनकपुरमा पनि प्रहरीले विथोल्याे विप्लव माओवादीको आमसभा

2017-04-18

Madhes, Dhanusha, Janakpur

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मंगलवार अपरान्ह स्थानीय गोपाल धर्मशालामा आयोजन गर्न लागेको आमसभालाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिथोलेको छ । स्थानीय तह निर्वाचन खारिजीको माग गर्दै चरणवद्ध आन्दोलनमा रहेको विप्लव माओवादीले आयोजन गरेको जनजागरण तथा प्रतिरोध अभियानको क्रममा नगर क्षेत्रमा गरिएको प्रदर्शन तथा आमसभामा पार्टीका स्थायी कमिटि सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कंचन, ईश्वरी दाहाल असारे तथा चन्देश्वर पौडेल लगायतका नेता तथा सयौंको संख्यामा कार्यकर्ताहरु सहभागी थिए । मुख्य नेताहरु मञ्चमा बसि सकेको वेला प्रहरीले हस्तक्षेप गरी कार्यक्रम बिथोलेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सुरक्षाकर्मीहरुले माइकिंग गरेर आमसभा रोक्न आग्रह गर्दा माओवादी कार्यकर्ता र प्रहरीबीच केही बेर झडप समेत भएको थियो । सुरक्षाकर्मीहरुले पछि मञ्च आफ्नो कब्जामा लिई कार्यक्रम बिथोलेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका एक अधिकृतले माथिको आदेशमा आमसभा रोक्न लगाएको प्रतिक्रृया दिए । यसअघि नेपाल कम्युनिस्ट पार्टीको जनप्रदर्शन तथा प्रतिरोध अभियानको क्रममा रामानन्द चोकबाट निस्केको र्‍याली नगर परिक्रमा गरी गोपाल धर्मशालामा आमसभामा परिणत भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Program Interference/Obstruction
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 70
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports