Incident Reports

दाइजोको कारण हत्या भएको भन्दै माइतीद्वारा प्रहरीमा उजुरी l

2013-05-09

Binod Pandey बाँके । वैशाख २७ गते गनापुर गाविस-१ कोठरापुरकी २१ वर्षीया गंगा जली धोबीलाई दाइजो नल्याएका कारण पति लगायत घर परिवारले हत्या गरेको हुन सक्ने भन्दै माइतीपक्षले वैशाख २६ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दर्ता गराएका छन् । समशेरगञ्ज गाविस-९ कोठरापुर माइती घर भएकी गङ्गाको पाँच वर्षअगाडि २६ वर्षीय अरबिन्द धोबीसँग विवाह भएको थियो । विवाह भएको १ वर्षपछि देखि विभिन्न बहानामा कुटपिट गर्ने गरेको र वैशाख २५ गते राती पनि कुटपिट गरी हत्या पछि कोठा भित्र सारीमा झुण्ड्याएको आरोप माइती पक्षले लगाएका छन् । मृतकको शवलाई माइती पक्षलाई जानकारी नै नदिई भेरी अञ्चल अस्पतालमा वैशाख २६ गते पोष्टमार्टम गरेको, शवलाई २६ गते राती र २७ गते बिहान गरि दुई पटक जलाएकोले पनि आत्महत्या नभइ हत्या गरेको हुन सक्ने माइती पक्षका लाइकराम धोबीले बताए । इलाका प्रहरी कार्यालयले मृतकका पति अरबिन्द धोबी र ससुरा हेमराज धोबीलाई वैशाख २६ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis