Incident Reports

घरबाटै अपहरणमा परेका एक युवक दुई दिनपछि अपहरणमुक्त, दुईजना पक्राउ

2017-04-17

Madhes, Saptari, Rajbiraj

हतियार देखाएर दुईदिन अघि घरैबाट अपहरण गरिएका एक युवकलाई प्रहरीको सक्रियतामा बुधबार सकुशल अपहरणमुक्त गरिएको छ । अपहरितलाई मुक्त गराउने क्रममा प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ का २६ वर्षका दुर्गाप्रसाद साहलाई हतियारधारीहरुको एक समूहले गएको ४ गते हतियार देखाउँदै घरबाट अपहरण गरेको जिल्ला प्रहरी कार्यालयका एसपी अनुराग द्धिबेदीले बताउनुभयो । आफ्नै घरमा सुतिरहेका बेला मध्यराति पेस्तोल देखाउँदै दुर्गाको अपहरण भएको थियो । अपहरणको सूचना पछि खोजीका लागि सक्रिय हुँदै अपहरित दुर्गालाई भारत लाँदै गरेको अबस्थामा गम्हरिया प्रवाहाकै बासघारीबाट घेराहाली अपहरण मुक्त गराएको सप्तरीका एसपी द्धिवेदीले जानकारी दिनुभयो । बासघारीलाई घेरा हाल्न थालेपछि ४ जना अपहरणकारी भागेको र दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । पक्राउ पर्नेहरुमा इटहरी बिष्णुपुर गाउँपालिका–१ बस्ने जुम्राती मिया र खड्ग नगरपालिका–७ बस्ने मन्जुर मिया रहेको द्धिबेदीले बताउनुभयो । पक्राउ परेकाको साथबाट एकथान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ । पक्राउ परेकाहरुमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गराई अनुसन्धान भईरहेको एसपी द्धिबेदीले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Small arms
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Abducted 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Saptari

0 Comments

Related Reports