Incident Reports

क्रिस्चियन महासंको कार्यालय सचिवमाथि लतिलपुरमा गोली प्रहार

2017-04-16

Bagmati, Lalitpur, Lalitpur

क्रिस्चियन महासंघका कार्यालय सचिव सन्तोष खड्कामाथि जिल्ला प्रशासन कार्यालय ललितपुर नजिकै गोली प्रहार भएको खुलासा भएको छ । सोमबार साँझ कार्यालयबाट घर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको महानगरीय प्रहरी वृत सातदोवाटोका डिएसपी रामेश्वर यादवले जानकारी दिए । सोमबार साँझ लगनखेल र सिडीओ कार्यालय बीचको भित्री सडक हुँदै मोटरसाईकलमा घर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । उनी उपचारको लागि पाटन अस्पतालमा पुगेपछि मात्रै घटनाबारे प्रहरीले थाहा पाएको थियो । गाेली लागेसँगै ग्वार्खोस्थित क्रिस्ट मेडिकल कलेजमा एक्सरे गरेर हेर्दा गहिरो घाउ भएको र भित्र गोली अड्किएको कुरा खुलेपछि उनी अप्रेशनका लागि पाटन अस्पतालमा भर्ना भएका थिए । ‘अप्रेशन गरेर खड्काको शरीरबाट गोली निकालिएको छ’ डिएसपी यादवले भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’ क्रिस्चियन महासंघको कार्यालय सचिवको रुपमा कार्यरत खड्काको शरिरको कम्मरमा पछाडीबाट गोली हानेको खुलेको छ । काभ्रेको बनेपा स्थायी घर भएका खड्का लतिपुरको महालक्ष्मी स्थान बस्दै आएका थिए । घट्ना कसले र किन गराएको भन्नेबारे हालसम्म खुल्न सकेको छैन । ‘खड्काको रिसवी पनि कसैसँग देखिँदैन’ डिएसपी यादवले भने, ‘केही समयअधि क्रिस्चिय महासंघको अध्यक्षलाई धर्म प्रचार गरेको भन्दै धम्की आएको खुलेको छ ।’ मंगलबार राती नै ललितपुरको धोबिघाटमा रहेको एक इशाई चर्चमा आगजनी समेत भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Secondary Cause Religious sectarianism
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Christian
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports