Incident Reports

बेपत्ता गर्न सात संलग्न

2017-04-16

Madhes, Siraha, Lahan

बेपत्ता महिला गायत्रीकी बाबु राममुर्तिले जाहेरीमा छोरीकी ससुरा राजकिशोर यादव, सासु अनितादेवी यादव, पति संजीव, देवर शम्भु यादव, गोविन्दपुर ७ घर भइ हाल लहान ६ बस्ने रामबहादुर यादव, उनकी श्रीमती सुधादेवी यादव, लहान ३ का देवकान्त सिंह र सप्तरीको कुसहा २ कडरबोनाका नजिर राइनले अपहरण गरेर बेपत्ता बनाएको आरोप लगाएका छन् । लहान ३ का राजकिशोर यादवसँग २०७० असार १५ गते सामाजिक परम्पराअनुसार विवाह गरेकी गायत्रीले वर्ष दिनपछि छोरी जन्माइन । छोरी जन्मिएलगत्तै छोरा पाउन नसक्ने भन्दै पतिसहित सासु, ससुरा लगायतबाट प्रताडित हुन परेको जाहेरीमा जनाइएको छ । आफूमाथि निरन्तरको कुटपिट र यातना सहन नसकेपछि उनले २०७३ पुस १७ गते सिरहा जिल्ला अदालतमा अंश मुद्दा हालिन् तर प्रहरीले राजनीतिक दवावमा द्विपक्षीय छलफल गराएर पाँच दिनपछि नै मुद्दा लगाएको राममुर्तिको गुनासो छ । त्यसपछि पनि छोरीमाथि कुटपिट, यातना नरोकिएको थाहा पाएपछि भेट्न जाँदा भेट्न नदिएको गुनासो गर्दै छोरीलाई भारत विहारको मधुवनी जयनगर थानाअन्र्तगत पर्ने शिलानाथ बडही पुरयाएकोसम्म थाहा पाएँ । ज्वाँइको मामा पर्ने किशोरी यादवको घरमा लुकाएर राखेको सूचना आएपछि त्यहाँबाट अन्यत्र लगेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Abducted 1
Female Abducted 1
Local Newspaper - Siraha

0 Comments