Incident Reports

मधेसी मोर्चाद्वारा बारामा लाठी जुलुस प्रदर्शन

2017-04-20

Madhes, Bara, Kalaiya

इन्सेक बारा जिल्ला प्रतिनिधि लक्ष्मी साहका अनुसार मधेसी मोर्चाले कलैया नगरपालिकामा वैशाख ७ गते लाठी जुलुस प्रदर्शन गरेको छ । मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए । जुलुसमा सहभागी सबैले हातहातमा लाठी र भाँटा बोकेका थिए । संविधान संशोधन बिना निर्वाचन नगर्न उनीहरूले माग गर्दै प्रदर्शन गरेको बताए । मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले निर्वाचन कार्यालय समेत केहीबेर घेराउ गरेका थिए । प्रदर्शनकारीहरूको समूहले एभरेष्ट होटलमा प्रवेश गरी राप्रपाको बैठक बिथोलेका थिए । यसैगरी शैक्षिक तालिम केन्द्र गङ्गापुरमा चलिरहेको मतदाता शिक्षा तालिमसमेत बिथोलेका थिए । सिद्धेश्वर विद्यालयमा म्यादी प्रहरीको तालिम चलिरहेको स्थानमा पुगेर उनीहरूले वैशाख ८ गते शुक्रवारदेखि तालिममा सहभागी नहुन चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports