According to our District Representative Ajaya Kumar Shah of Mahottari, the cadres of United Madhesi Morcha staged demonstration in Jaleshwor on April 20. All the demonstrators were carrying Lathi in their hands. The Morcha had made public about their agitation program against the government conducting election before amending the constitution. The leaders of the Morcha have warned that they will not let any election related activities in the district by making agitation more effective in coming days.
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुर्व निर्धारित कार्यक्रम अनुसार वैशाख ७ गते सदरमुकाम जलेश्वरमा लाठी जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधन बिना चुनाव हुन नदिने अडान लिएको मधेसी मोर्चाले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमको तेश्रो दिन खबरदारी स्वरुप लाठी जुलुस निकालेको मोर्चाले जनाएको छ ।
निर्वाचनको कुनैपनि काम अगाडि बढाउन नदिने भन्दै मधेसी मोर्चा आबद्ध नेताहरूले आगामी दिनमा आन्दोलन सशक्त बनाउँदै जाने बताएका छन् ।