Incident Reports

कारागारमा कैदीहरुबीच झडप, सातजना घाइते

2017-04-22

Karnali, Dailekh, Narayan

जिल्ला कारागार दैलेखमा बिहान १० बजे कैदीहरुबीच झडप हुँदा सातजना घाइते भएका छन । झडपमा गम्भीर घाईते भएका नारायण शाही र उपेन्द्र पुनलाई जिल्ला अस्पताल दैलेखमा उपचारको लागि लगिएको छ । अन्य पाँचजना सामान्य घाइते छन् । दुई टोलीबीच झडप हुँदा जिल्ला कारागारको अवस्था तनावमय बनेको छ । घाइते नारायण शाहीको टाउकोमा चोट र नाक भाँच्चिएको हुँदा जिल्ला अस्पतालमा भर्ना गरिएको छ । शाहीको अवस्था अरु घाइतेको तुलनामा गम्भीर रहेको प्रहरी निरीक्षक योगेन्द्र खड्काले बताए । खाना खाने क्रममा पानीको विषयलाई लिएर नारायण शाही र उपेन्द्र पुनबीच झगडा भएको थियो । त्यसक्रममा उनीहरुको समूहबीच पनि कारागारभित्र झगडा भएको प्रहरी निरीक्षक खड्काले जानकारी गराए । ८० पुरुष र २० महिलासहित सय जनाको क्षमता रहेको कारागार दैलेखमा विभिन्न जिल्लाका कैदीहरु रहेका छन् । कैदीहरु ग्रुप बनाएर बेला बेलामा झगडा गर्दै आएका छन् । अहिले १५३ जना कैदीहरु रहेको जिल्ला कारागार दैलेखमा ९ जना महिला कैदी र २ जना बच्चा रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदी रहेकोले पटक पटक झगडा हुने गरेको छ । केही महिनाअघि पनि महिला कैदीहरुबीच झगडा भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 7
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media , INSEC , Local Newspaper - Saptari , Local Newspaper - Banke

0 Comments

Related Reports