The agitating activists of the Madhesi Morcha hurled stones at an election officer's vehicle at Palhinnandan Village Council in the district on Friday. According t0 police, the protesters smashed the window pane of the four-wheeler used by election officer Shashi Poudel. He had gone to Kushma for setting up an election office.
जिल्ला सदरमुकाम नजिकको पाल्ही नन्दन गाउँपालिकामा निर्वाचन कार्यालय स्थापनाको लागि निरीक्षणमा गएका निर्वाचन अधिकृत चढेको गाडीमा मधेसी दलका कार्यकर्ताले ढुंगामुढा गरेका छन् ।
पाल्ही नन्दन गाउँपालिकाकाको कुस्मामा निर्वाचन अधिकृतको कार्यलय स्थापनाका लागि गएकी निर्वाचन अधिकृत शशी पौडेल चढेको निजी बा १५ च ४६५१ नम्बरको स्कार्पियो गाडीमा ढुंगामुढा गरेका हुन् । त्यो गाडी पाल्ही नन्दन गाउँपालिकाले कार्यालय प्रयोजनका लागि भाडामा लिएको हो ।
नन्दन गाउँपालिका चार दिनपछि कुस्मामा निर्वाचन कार्यालय स्थापना गर्नका लागि शुक्रबार दिउँसो निरीक्षण गरेर फर्किंनलाग्दा स्थानीय मधेसी दलका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । प्रहरीले आक्रमणबाट गाडीको सिसा फुटेको जानकारी दिएको छ । निर्वाचन अधिकृतसहितको टोलीले भागेर ज्यान जोगाएको स्थानीयले बताए ।
कुस्सा गाविसमा निर्वाचन कार्यालय स्थापना गर्न सुरक्षाकर्मीसहित टोली गएको थियो । गाविसको कार्यालयमा स्थानीय बासिन्दाले निर्वाचन कार्यालय खोल्न नदिने भन्दै बिहीबार ताला लगाएको थिए । स्थानीयले गाउँपालिकाको काम गर्न अवरोध नगर्ने तर, निर्वाचन कार्यालय स्थापना हुन नदिने भन्दै बिहीबार बिहान तालाबन्दी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र सुरक्षाकर्मीसहित पुगेको टोलीले कार्यालय स्थापना गर्न ताला फोडेका थिए । टोली फर्किंदै गर्दा स्थानीयले ढुंगामुढा गरेका हुन् । नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले आक्रमणकारीको खोजी भइरहेको बताए ।