Incident Reports

विप्लवका ३० कार्यकर्ता पक्राउ

2017-04-23

Gandaki, Syangja, Putalibazar, Ward 10

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी प्रदेश भेलामा सहभागी भएर जिल्ला फर्कंदै गरेका ३० कार्यकर्ता पुतलीबजार–१० राङखोलाबाट पक्राउ परेका छन् । राङखोलामा शनिबार केही सवारीसाधन र पसलमा तोडफोड भएको घटनाको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तोडफोडमा स्थानीयसँग झडप हुनुका साथै करिब एक घण्टा सिद्धार्थ राजमार्गमा आवागमन पनि बन्द भएको थियो । घटनापछि उनीहरू चढेको ना५ख ९१३९ नम्बरको बसमा चेकजाँचका क्रममा पाइप, दाउरा, पेय पदार्थका फुटेका बोतल र ढुंगा फेला परेपछि सबैलाई नियन्त्रणमा लिइएको डीएसपी वीरबहादुर पुलामीले बताए । पक्राउ गरिएकाहरूविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दामा आइतबार प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports