Incident Reports

बेचविखन गर्न लैजाँदै गरिएका दुई बालिकाको उद्दार l

2013-05-14

Natibabu Dhital सिन्धुपाल्चोक । वैशाख ३१ गते गोल्चे गाविस- १ स्थित लिदीगाँउका १५ र १३ वर्षीया दुई बालिकालाई सोही ठाउँकी फूलमाया तामाङले बिक्री गर्ने उद्देश्यले काठमाडौँ लैजान लागिरहेको अवस्थामा वैशाख ३० गते साँगाचोक गाविसस्थित सुकुटेबाट स्थानीय प्यारालिगल कमिटीले उद्दार गरेको छ । उद्धार गरिएकी दुई बालिका हाल जिल्ला प्रहरी कार्यालय चौतारामा रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको जिल्ला बाल कल्यांण समितिका बालअधिकार अधिकृत बालकृष्ण बस्नेतले बताए । दुईजना बालिकालाई बेचविखन गर्न खोज्ने फूलमायाँ तामाङको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो । नातीबावु धिताल

0 Comments