Incident Reports

श्रीमती हत्या आरोपमा गुरुङ पक्राउ

2017-04-22

Province 1, Udayapur, Triyuga, Ward 7

Bharat Khadka श्रीमती हत्याको आरोपमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ असारी बस्ने ६२ वर्षीय मनबहादुर घले गुरुङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मङ्गलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति मनबहादुर र निजकी श्रीमती ४६ वर्षीया सीता गुरुङबीच मादकपदार्थ सेवन गरेर झगडा भएको थियो । झगडापछि गुरुङले श्रीमतीलाई केही कुटपिट गरेपछि श्रीमतीले आत्महत्या गरेको गुरुङले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ । यता गुरुङका छोरीसहित स्थानीयवासी कृष्णकुमारी मगरका अनुसार भने कुटपिटका कारण नै श्रीमती गुरुङको मृत्यु भएको बताएका छन् । छोरी र स्थानीयवासीले समेत प्रहरीमा कुटपिटको कारण मृत्यु भएको उजुरी दिएको प्रहरीले जानकारी दिएको छ। श्रीमती सीताको शवपरीक्षण भइसकेको र प्रहरीले मनबहादुरलाई मङ्गलबार नै म्याद थप गरेर अनुसन्धान सुरु गरेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो । अनुसन्धान सुरु भइसकेको र अनुसन्धानपछि मात्र वास्तविक तथ्य कुरा बाहिर आउन सक्ने प्रहरीले बताएको छ । स्थानीयवासी विदुर राउतका अनुसार गुरुङ असरीमा रहेर मजदुर काम गर्दै आएका थिए । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC , Local Newspaper - Saptari

0 Comments