Incident Reports

एक युवतीमाथि सामूहिक बलात्कार l

2013-05-09

Nanda Ram Paudel कपिलवस्तु । वैशाख ३१ गते कपिलवस्तु नपा- ३ गौडीचोक घर भएकी एक १९ वर्षीय युवतीलाई वैशाख २६ गते राती ८ बजे घुम्न निस्किएको अवस्थामा सामान्य चिनजान भएका एक युवकले घरमा पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी कपिलवस्तु नपा- १ नँयाटोलका आफ्ना साथीहरू जगदीश पाण्डे र असरार खाँको कोठामा लगी सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित युवती युवाको कब्जाबाट भागेर जिल्ला प्रहरी कार्यालयमा पुगी उजुरी गरेपछि प्रहरीले घटनामा संलग्न तीनै जनालाई सोही राती गिरफ्तार गरेको थियो । सो घटनामा संलग्न सोमडिहवा गाविस-२ का २५ वर्षीय योगेन्द्र श्रीवास्तव, कपिलवस्तु नपा- ४ का २२ वर्षीय जगदीश पाण्डे, डुमरा गाविस-२ का २४ वर्षीय असरार खाँ रहेका छन् । तीनै जनालाई प्रहरीले जबरजस्तीकरणी अन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धानको लागि हिरासतमा राखेको छ । नन्दराम पौडे

0 Comments

Related Reports
Related Trend Analysis