Incident Reports

हत्या आरोपी पक्राउ

2017-04-23

Province 1, Jhapa, Damak, Ward 4

दमक ४ की ४५ वर्षीया अन्जु गजमेरको हत्या भएको परिवारले आरोप लगाएको छ। तीन दिनअघि उनी घरमै मृत भेटिएकी थिइन्। हत्यामा संलग्न आरोपमा इलाका प्रहरीले दमक ४ कै तीर्थ आचार्यलाई नियन्त्रणमा लिएको छ। परिवारले प्रहरीमा दिएको किटानी जाहेरीमा आचार्यलाई पक्राउ गरिएको हो। घटनालगत्तै उनी फरार थिए। अन्जुको आइतबार दिउँसो हत्या गरेर उनी भागेको परिवारले दाबी गरेका छन्। मृतक र उनकी ११ वर्षीया छोरीमात्रै घरमा रहेको अवस्थामा आएका आचार्यले छोरी रियालाई चिया पसल पठाएर अन्जुको हत्या गरेको आरोप छ। अन्जुलाई बलात्कार प्रयासपछि हत्या गरेको प्रहरीले प्ररम्भिक अनुमान गरेको छ तीन वर्षदेखि अन्जु छोरा र छोरीसँग डेरामा बस्थिन्। छोरा एसईई दिएर काठमाडांै गएका छन्। घरमा ११ वर्षीया छोरी र उनीमात्रै बस्थे। डेरा छेउमै चिया–नास्ता पसल उनले चलाएकी थिइन्। मालपोतका लेखनदास आचार्य चिया–नास्ता खाने बहानामा आइरहन्थे। रियाका अनुसार आचार्यले ‘म पुलिस हुँ, डन पनि हुँ’ भन्दै डर देखाउने र धम्क्याउने गर्थे। आचार्य आइतबार दिउँसो दुईपटक भेट्न आएका थिए। पहिलोपटक आउँदा खाना खाँदै गरेको देखेर दोस्रोपटक आएपछि छोरीलाई ‘तिम्रो किताबको गाता लगाइदिन्छु मम्मीसँग काम छ तिमी पसलमा जाऊ’ भन्दै पठाएका थिए। रियाले सुनाइन्, ‘आधा घण्टापछि त उहाँ हस्याङफस्याङ गर्दै घरबाट निस्किनुभयो।’ आचार्य भागेको देखेपछि कोठाभित्र छिरेर हेर्दा अन्जु अर्धनग्न अवस्थामा भुइँमा लडेको, मुखबाट फिज निस्किएको अवस्थामा भेटिएकी थिइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments