Incident Reports

दाइजो नपाएपछि घरमै थुनेर यातना

2017-04-24

Madhes, Siraha, Golbazar

” गोलबजार ६ डेहोटियाकी २२ वर्षीया प्रियंका यादवलाई दाइजोको निहुँमा तीन दिनसम्म घरमै बन्धक बनाएर कुटपिट गरिएको छ । पति, सासु र ससुरा मिलेर कुटपीट गरेका हुन् । पति दुर्गा यादव, ससुरा हरिनारायण र सासु अमृतिले तीन दिनसम्म घरभित्र थुनी मुखमा कपडा कोचेर कुटपिट गर्दै यातना दिएपछि बेहोस प्रियंकालाई छिमेकीले उद्धार गरी मंगलबार स्थानीय भुमिजा अस्पतालमा पुर्‍याएका थिए । उनको शरीरका विभिन्न भागमा निलडाम छन् । पेटमा गहिरो चोट लागेकाले गुप्ताँगबाट समेत रगत बगेको अस्पतालले जनाएको छ । होस खुलेपछि प्रियंकाले परिवार संग मिलेर पति दुर्गाले तीन दिनदेखि यातना दिँदै कुटपिट गरेको सुनाइन् । यातना र कुटपिटबाट बेहोस भएकी उनी होस खुल्दा अस्पतालको बेडमा रहेको थाहा पाएकी थिइनन् । विवाह भएदेखि नै पटकपटक यातना दिँदै आए पनि पछि माया गर्ला भन्दै आफूले सहँदै आएको बताइन् । तर, वैशाख ९ गतेदेखि घरभित्रै बोल्न नदिई मुखमा लुगा कोचेर कुटपिट गरेको उनको भनाइ छ । ‘कुटपिटबाट बेहोस भएछु,’ उपचाररत प्रियंकाले भनिन्, ‘होस खुल्दा अस्पतालको बेडमा पाए ।’ प्रियंकालाई छिमेकीसहित उनका बुबा भारत खजौली इनरुवाका ७४ वर्षीय रामजुलुम यादव र जेठा भिनाजु कालिकापुरका श्यामले उपचार गराइरहेका छन् । भारत खजौली इनरुवाका प्रियंकाको चार वर्षअघि सिरहा गोलबजार ६ डोहटियाका ओमप्रकाश भनिने दुर्गाप्रसाद यादवसँग मागी विवाह भएको थियो । विवाहमा प्रियंकाका बुबा रामजुलुमले ४ लाख रुपैयाँ नगद, एउटा मोटरसाइकल, आठ तोला सुन दाइजो स्वरूप ज्वाइँ दुर्गालाई दिएका थिए । ‘विवाह भएदेखि नै छोरीप्रति नराम्रो व्यवहार हुन थाल्यो,’ प्रियंकाका बुबा रामजुलुमले भने, ‘पछि ज्वाइँले राम्रो गर्लान् भन्दै छोरीलाई घर पठाएँ, त्यसपछि पनि छोरीप्रति राम्रो व्यवहार भएन ।’ उनका अनुसार विवाह भएको डेढ वर्षपछि ज्वाइँ दुर्गाले अस्ट्रेलिया जान्छु भन्दै ३ लाख रुपैयाँ माग गरे । ‘त्यति रकम दिन नसकिने भनेदेखि नै छोरीलाई यातना दिन थालेका हुन् । झन्डै दुई वर्षअघि दुर्गा दुबई उडे । त्यतिखेर पनि रामजुलुमले केही रकम ज्वाइँलाई दिए । ज्वाई दुबई गएदेखि सासूससुराले प्रियंकालाई खाना खान नदिने, मानसिक यातना दिन थालेपछि गोलबजार प्रहरी कार्यालयमा प्रहरीको रोहवरमा रामजुलुमले पञ्चायती राखे । पञ्चायतीपछि पनि खान नदिने लगायत मानसिक यातना दिन नछाडेपछि छोरीलाई आफ्नै घर लिएर गएको रामजुलुमले बताए । पाँच महिनाअघि सम्धी हरिनारायणले समाजका छरछिमेकी कुमार यादवसहित चार जनालाई छोरी लिन पठाए । ‘अब छोरीलाई राम्रोसँग राख्लान्, सम्धीले नै लिन पठाएपछि समाजका छरछिमेकीको साथ लगाएर छोरीलाई पाँच महिनाअघि पठाइदिएँ,’ अस्पतालमा छोरीको हेरचाह गरिरहेका रामजुलुमले भने ‘छोरीलाई मरणासन्न हुने गरी कुटपिट गरेर बेहोस भएको खबर आयो, छोरीको यो हालत देख्दा मूर्छित भए ।’ इप्रका गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले दुबईबाट वैशाख २ गते घर आइपुगेका दुर्गाले तीन दिनसम्म घरभित्रै थुनेर कुटपिट, यातना दिएर बेहोस बनाएपछि फरार रहेकाले खोजी भइरहेको जानकारी दिए । प्रहरीले दुर्गाका बुबा हरिनारायणलाई पक्राउ गरी छोरालाई झिकाउने सर्तमा छाडेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Siraha

0 Comments