Incident Reports

प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ताको विरोधमा प्रदर्शन

2017-05-01

Bagmati, Kathmandu, Kathmandu, Ward 31

प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता गरिएको विरोधमा सोमबार राजधानीमा प्रदर्शन भएको छ । नयाँ शक्ति, साझा पार्टी, विवेकशील नेपाली, सुशासनका लागि नागरिक अभियान, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल तथा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुलगायतले सडकमै उत्रेर महाअभियोगको विरोध गरे । माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त सभामा डाक्टर गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याललगायत नागरिक समाजका अगुवा र विभिन्न राजनीतिक दलसम्बद्ध नेताले महाअभियोग प्रस्ताव गैरलोकतान्त्रिक र स्वतन्त्र न्यायालय सिध्याउने कदम भएको बताएका थिए । युवा संघ र अनेरास्ववियुले पनि प्रदर्शन र कोणसभा गरी महाअभियोगको विरोध गरेका थिए । ‘स्वतन्त्र न्यायालयमाथिको आक्रमण’ सामाजिक क्षेत्रका अन्य व्यक्तिले पनि महाअभियोग प्रस्ताव स्वतन्त्र न्यायालयमाथिको आक्रमण भएको जनाएका छन् । सोमबार नयाँबानेश्वर भेलामा उनीहरूले प्रस्तावलाई कांग्रेस र माओवादी केन्द्रले फिर्ता लिनुपर्ने बताए । पूर्वसचिव द्वारिकानाथ ढुंगेल, कानुनविद्हरू श्रीहरि अर्याल, विश्वकान्त मैनाली, नीलाम्बर आचार्य र युवराज संग्रौला, पूर्वजर्नेलहरू टीका धमला, चिनियाबहादुर बस्नेत र प्रेमसिंह बस्न्यात तथा कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलगायतले कार्कीविरुद्धको महाअभियोग प्रस्तावले लोकतन्त्रलाई कुण्ठित गरेको बताएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Secondary Cause Other governance issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments