Incident Reports

काँग्रेस पार्टी कार्यालयमा तोडफोड

2017-05-01

Bagmati, Rasuwa, Gosaikunda

RSS स्थानीय तहको निर्वाचनको विवादका कारण नेपाली काँग्रेस रसुवाको कार्यालय तथा स्थानीय नेता नेता चढेको गाडी तोडफोड गरिएको छ । निर्वाचनको मनोनयपत्रको विवादका कारण हाकुका महिलाले काँग्रेस रसुवाका नेता लामाकार्पु तामाङ चढेको जिपमा ढुङ्गा प्रहार गर्नाका साथै पार्टी फर्निचर र कागजपत्र फालेर कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट तामाङ चढेको गाडीको सिसा फुट्नाका साथै सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार तोडफोडमा संलग्न पाँच महिलालाई नियन्त्रणमा लिई छानबिन भइरहेको छ । पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन । पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा हाकुका साङतेम्बा तामाङले टिकट नपाएको झोकमा सो घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports