Incident Reports

बम निष्क्रिय l

2013-05-15

Manohar Kumar Pokharel सप्तरी । जेठ १ गते सदरमुकाम राजविराज नपा-९ स्थित शेखरप्रसाद सिंहको उषा इन्टरप्राईजेज महेन्द्रा ट्याक्टर शो रुममा फेला परेको घरेलु बमलाई नेपाली सेनाको एक टोलीले जेठ १ गते दिउँसो १२:३५ बजे निष्क्रिय पारेको छ । बम फेला परेको जानकारी पाउना साथ बिहान १०:३० बजे घटनास्थल पुगेको राजविराज नपा-९ स्थित कृष्ण दल गणको नेपाली सेनाको डिस्पोजल टोलीले वम निष्क्रिय पारेको गणपती राजेन्द्रमणी गिरीले जानकारी दिए । अपरिचित व्यक्तिहरूको समूहले पसलभित्र फालेर गएको बम जेठ १ गते बिहान पसल खोलेपछि फेला परेको थियो । बम कसले किन राखेको हो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी संजयसिंह बस्नेतले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis