Incident Reports

जाजरकोटमा एमालेको चुनावीसभामा कांग्रेसको आक्रमण

2017-05-04

Karnali, Jajarkot, Kuse, Ward 1

यहाँको कुशेगाउँपालिका वडा १ काफलवाटा स्थित नेकपा एमालेले गरेको चुनावी सभामा आक्रमण भएको छ । नेपाली कांग्रेसका कार्यक्रताद्वारा एमालेको चुनावी सभामा आक्रमण भएको एमालेले आरोप लगाएको छ । सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेको वेला कांग्रेसका प्रितिवहादुर शाहीको नेतृत्वमा आएका कार्यकर्ताले आक्रमण गरि आफ्ना तीन जना कार्यक्रताहरु घाईते बनाएको एमालेका प्रमोद विश्वकर्माले वताए । विश्वकर्माका अनुसार शेरवहादुर सिंहलाई चक्कु प्रहार गरि घाईते वनाइएको छ भने ढुङगा प्रहारवाट भीमवहादुर चलाउने वाँया हात, सन्दिप विकको दाँया खुट्टामा चोट लागेको छ । सोलगत्तै औपचारिक कार्यक्रम स्थगित भएको विश्वकर्माले वताए । घटना स्थलमा प्रहरी परिचालन गरिएको डिएसपी भावेश रिमालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments

Related Reports