Incident Reports

बहुविवाहको आरोपमा पतिविरुद्ध प्रहरीमा जाहेरी l

2013-05-14

Bibek Dhungan काठमाडौँ । जेठ १ गते धादिङ जिल्ला फुलखर्क गाविस-२ घर भइ हाल काठमाडौँ कामनपा-१५ स्वम्यभु बस्ने ५० वर्षीय लिलाबहादुर बानियाले सोही जिल्ला घर भएकी ४० वर्षीया कमला बानियासँग दोस्रो विवाह गरेको आरोपमा उनकी जेठी पत्नी ४६ वर्षीया धनकुमारी बानियाले जेठ १ गते महानगरीय प्रहरी परिसर महिला तथा बालबालिका केन्द्र कालीमाटीमा जाहेरी दिएकी छन् । घटनाको अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने सेवा केन्द्रकी इन्सपेक्टर सुशीला प्रधानले बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis