Incident Reports

आफ्नै कार्यकर्ताद्धारा पार्टी कार्यालयमा तालाबन्दी

2017-04-30

Bagmati, Sindhupalchok, Melamchi

सिन्धुपाल्चोकमा प्रमुखको विषयलाई लिएर एमाले कार्यकर्ताले आज आफ्नै पार्टी कार्यलयमा तालाबन्दी गरेका छन् । एमाले स्थायी कमिटीले आज मेलम्ची नगरपालिकाको प्रमुखमा डम्बर अर्याललाई उम्मेदबार बनाउने निर्णयसँगै एमाले कार्यकताभित्रका असन्तुष्ट पक्षले क्षेत्रीय कार्यालय मेलम्चीमा तालाबन्दी गरेका हुन् । मेलम्ची नगरपालिका प्रमुख पदका लागि जिल्लाबाट धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागाई, बालकृषण देउजालाई केन्दमा सिफारिस गरिएको थियो । तर एमाले स्थायी कमिटीले अर्याललाई उठाउने निर्णय गरेसँगै तालाबन्दी गरेको एमालेका एक नेताले जानकारी दिनुभयो । प्रमुखका लागि सबैको माग धर्मकृष्ण श्रेष्ठ भएको र पार्टीले जनभावनाविपरित निर्णय गरेको भन्दै एमाले कार्यकर्ताले आपत्ति जनाएका छन् । हरेक क्षेत्रमा पार्टीले एउटै व्यक्तिलाई मात्र सिफारिस गर्ने भन्दै करिब २०० जना कार्यकर्ताले क्षेत्रिय पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 200
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Reports