Incident Reports

Death Threat to Journalist

2013-05-15

INSEC Eastern Regional Office विराटनगर । जेठ १ गते विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकका समाचारदाता हरि अधिकारीलाई रमाइलो अस्पताल प्रालिका सञ्चालक कुमार फुयाँलले ज्यान मार्ने धम्की दिएका छन् । वैशाख २२ गते उद्घोष दैनिकमा अस्पतालमा मदिरा पसल शिर्षकको समाचार प्रकाशित भएको विषयलाई लिएर फूयाँलले वैशाख २७ गते बेलुका ९ बजे मोरङ जिल्ला बयरबन गाविस-६ स्थायी घरभई हाल विराटनगरमा बस्दै आएका २० वर्षीय अधिकारीलाई फोन गरी ज्यान मार्ने धम्की दिएका थिए । फुयाँलले ९८४२२७९७६४ नम्बरको मोबाइलबाट फोन गरी डेकेन्द्र थापाको हालत बनाइ दिन्छु भन्दै पटक पटक धम्क्याएको पीडितले बताए । आफू असुरक्षित भएको भन्दै अधिकारीले पत्रकार महासङ्घ मोरङको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा वैशाख ३१ गते उजुरी दिएका छन् । जिल्लास्थित पत्रकार महासङ्घ र प्रेस चौतारीले सोही दिन घटनाको भत्सर्ना गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले धम्की दिने फुयाँलको खोजी भइरहेको जनाएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर

0 Comments