Incident Reports

सामुहिक बलात्कारका आरोपित दुई जना युवक गिरफ्तार l

2013-05-15

Madhes, Saptari, Belhi Chapena

Manohar Kumar Pokharel सप्तरी । जेठ २ गते एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बननिया गाविस-६ का १८ वर्षीय र नर्घो गाविस-४ का १७ वर्षीय युवकलाई प्रहरीले ०७० जेठ १ गते गिरफ्तार गरेको छ । जेठ १ गते बिहान पीडित किशोरीकै घर गुहालीमा कोही नभएको मौका पारी बलात्कार गरिरहेको अवस्थामा स्थानीयवासीले आरोपित दुई युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामसिंह चौधरीले बताए । किशोरीको सगरमाथा अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गरी प्रहरीले आफन्तलाई बुझाएपछि पीडित घर फर्केकी छन् । युवकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७० जेठ १ गते मुलुकी ऐन जबरजस्ती करणी महलअन्तर्गत मुद्दा दर्ता भएको जानकारी दिदै डिएसपी चौधरीले आरोपितहरूको समेत स्वास्थ्य परीक्षण गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जानकारी दिए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis