Incident Reports

सामुहिक बलात्कार बिरुद्ध उजुरी l

2013-05-17

Bagmati, Sindhupalchok, Melamchi

Natibabu Dhital सिन्धुपाल्चोक । जेठ २ गते मेलम्ची गाविस २ का २२ वर्षीय अनिष श्रेष्ठ र सोहि ठाउका पवन श्रेष्ठले आफूलाई सामुहिक बलात्कार गरेको भन्दै ०७० जेठ २ गते एक १७ वर्षीया बालिकाले इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी गरेकी छन् । पीडितको चौतारा अस्पतालमा जेठ २ गते स्वास्थ्य परीक्षण गरिएको छ । आरोपितहरू फरार छन् । ठूलोआमा नाता पर्ने महिलाले मेलम्ची बजारमा सञ्चालन गरेको गलैंचा कारखानामा काम गर्ने आफूलाई ०७० वैशाख २६ गते बेलुकी पानी लिन जाँदा पँधेरानजिक सामुहिक बलात्कार गरेको पीडितको आरोप छ । बलात्कार भएको कुरा अरुलाई भन्न नपाउने गराई गलैचा कारखानाबाट बाहिर जान कारखाना मालिक्नीले नदिएपछि तत्काल उजुरी गर्न नपाएको पीडितले बताइन् । पीडितले घटनाबारे आफ्नै बहिनीलाई बताएपछि महिला आत्मनिर्भता केन्द्र मेलम्चीको सहयोगमा इलाका प्रहरी कार्यालयमा उजुरी गरेको पीडितकी बहिनीले बताइन् । घटनाबारे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा आरोपितहरूको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नबराज बस्नेतले बताए । नातीबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis