Incident Reports

जातीय छुवाछुत गर्नेलाई अदालतद्वारा जरिवाना l

2013-05-16

Nepal

Meena Budathoki सल्यान । जेठ २ गते सेजवालटाकुरा गाविस-१ साहुटोल निवासी प्रेमा बस्नेत विकलाई सार्वजनिक धारामा पानी छोएको आरोपमा जातीय छुवाछुत गरेको मुद्दा लागेका सोही ठाँउका मेनुका राणा र उनका पति डिल्ली राणालाई जिल्ला अदालत सल्यानले १० हजार रुपैयाँ जरिवाना गरेको छ । जिल्ला अदालत सल्यानका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले ०७० जेठ २ गते रानाद्वयलाई १० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो । धारामा पानी भर्ने क्रममा ०६९ चैत ३ गते बिहान पानी छोएको निहुँमा आफूमाथि हातपात भएको भन्दै दार्माकोट गाविस-२ घर भई साहुटोलमा डेरा गरी बस्दै आएकी प्रेमाले जिल्ला प्रहरी कार्यालय सल्यानमा सोही दिन जाहेरी दिएकी थिइन । जाहेरी दिएकै दिन दिन पक्राउ भएका रानाद्वय ०६९ चैत ९ गते प्रतिव्यक्ति २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । धारा छोएको भन्दै मेनुका राणाले धारामा अभद्र व्यवहार गरेको र पछि कोठामै आएर उनका पति डिल्ली राणाले हातपात गरेको आरोप पीडितले लगाएकी थिइन । यस मुद्दामा पीडितका पक्षबाट जिल्ला न्यायाधीवक्ता गोपीकृष्ण श्रेष्ठ र अधिवक्ता सिपी वली तथा अभियुक्तका तर्फबाट अधिवक्ता लालबहादुर रावतले बहस गरेका थिए । मिना बुढाथोकी

0 Comments

Related Reports
Related Trend Analysis